१७ असार २०८१, सोमबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज बिहान ९:४० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ४५ पिसिआर परीक्षण गर्दा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका १/१ जना गरी ५ जना जनामा रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा १० जना पुरुषहरु र ८ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या ५५१७ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ५४६४५ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ५४६४५ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !