![कोरोना संक्रमणमुक्त](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-Discharge-3415.jpg?fit=1056%2C477&ssl=1)
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७२ हजार ४३५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा २७४५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७५० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०२७ जनाको मृत्यु भईसकेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १२८८ जना रहेको मन्त्रालयले जनाएको छ ।