३ मंसिर २०८१, सोमबार

प्रदेश १ मा १३ जनामा देखियो कोरोना संक्रमण


प्रदेश १

विराटनगर । प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित हुनेमा विराटनगरका महानगरपालिका-१०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् । प्रदेश नं १ मा हालसम्म दुई लाख २८ हजार ८६२ जनाको पिसिआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना सङ्क्रमण देखिएकामध्ये २९ हजार ७९७ जना निको भई घर फर्केका छन् ।

यसैगरी प्रदेशमा ४४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएकामध्ये अहिलेसम्म ४६६ जनाको मृत्यु भएकोे छ । प्रदेशमा कोभिड-१९ विरुद्धको खोप दुई लाख ९८ हजार ८५३ लाई लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !