२३ पुस २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५००० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ४२ हजार ७०२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ५७११ जना आइसोलेसनमा रहेकामध्ये ३४७७ संस्थागत आइसोलेसनमा र २२३४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

४१९ जना कोरोना संक्रमितमध्ये २४५ जना पुरुषहरु र १७४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १५४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७६ जना पुरुषहरु र ६८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १२४ जना, ललितपुर जिल्लामा २५ जना र भक्तपुर जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७५० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५३ हजार ८५७ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !