११ असार २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १७ सय नाघ्यो


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय नाघेर १७१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ३६ हजार ४६४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १०९५५ जना आइसोलेसनमा रहेकामध्ये ३६१५ संस्थागत आइसोलेसनमा र ७३४० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४७१ जना रहेका छन् ।

८२१ जना कोरोना संक्रमितमध्ये ५०४ जना पुरुषहरु र ३१७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १९१ जना पुरुषहरु र १४२ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २४६ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८४२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३६ हजार ५७३ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !