काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २५८ जना, ललितपुर जिल्लामा ६५ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख ३१ हजार ४१ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १०९९४ जना आइसोलेसनमा रहेकामध्ये ४७६२ संस्थागत आइसोलेसनमा र ६२३२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५१६ जना रहेका छन् ।
८३० जना कोरोना संक्रमितमध्ये ५०० जना पुरुषहरु र ३३० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १९८ जना पुरुषहरु र १५० जना महिलाहरु रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । पछिल्लो २४ घण्टामा १५०० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३५ हजार ७३१ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८२ जनामा कोरोना संक्रमण पुष्टि