काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२४२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख २५ हजार ८६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ११६७३ जना आइसोलेसनमा रहेकामध्ये ४७४१ संस्थागत आइसोलेसनमा र ६९३२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५१९ जना रहेका छन् ।
८९९ जना कोरोना संक्रमितमध्ये ५४७ जना पुरुषहरु र ३५२ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २८६ जना पुरुषहरु र १९६ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३८१ जना, ललितपुर जिल्लाका ६९ जना र भक्तपुर जिल्लाका ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १३५९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३४ हजार २३१ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६८९ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्