११ असार २०८१, मंगलबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२२० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ९० हजार ७३९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२९४८ जना आइसोलेसनमा रहेकामध्ये ४८८८ संस्थागत आइसोलेसनमा र ८०६० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५२७ जना रहेका छन् ।

१०१४ जना कोरोना संक्रमितमध्ये ६४४ जना पुरुषहरु र ३७० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २५४ जना पुरुषहरु र १८८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३४४ जना, ललितपुर जिल्लाका ६७ जना र भक्तपुर जिल्लाका ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १६२८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २७ हजार ४३३ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १०, ओखलढुंगामा २, झापामा २२, ताप्लेजुङमा ३, तेह्रथुममा १, पाँचथरमा १, मोरङमा २०, सुनसरीमा ११ र संखुवासभामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ७६ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ३, पर्सामा २, बारामा ९, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा २६ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ३४४, काभ्रेपलान्चोकमा १५, चितवनमा ३६, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा ४, भक्तपुरमा ३१, मकवानपुरमा ९, रामेछापमा १, ललितपुरमा ६७, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ५२४ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा ४, तनहुँमा १०, नवलपरासी पूर्वमा ८, पर्वतमा ११, लमजुङमा ५, बागलुङमा ९ र स्याङजामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ८३ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १५, कपिलवस्तुमा २८, गुल्मीमा २, दाङमा २८, नलवपरासीमा १०, पाल्पामा १४, बर्दियामा ३, बाँकेमा ९, रोल्पामा २ र रुपन्देहीमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १७६ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ४, दैलेखमा २, मुगुमा ४ र सुर्खेतमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ३१ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा २७, कैलालीमा २४, डडेल्धुरामा १२, बझाङमा १०, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ९८ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !