९ जेष्ठ २०८१, बुधबार

पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४९५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ८४ हजार ५१९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १३५८२ जना आइसोलेसनमा रहेकामध्ये ५१२१ संस्थागत आइसोलेसनमा र ८४६१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५३६ जना रहेका छन् ।

१०९० जना कोरोना संक्रमितमध्ये ६८८ जना पुरुषहरु र ४०८ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २९७ जना पुरुषहरु र १८७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३५१ जना, ललितपुर जिल्लाका ७४ जना र भक्तपुर जिल्लाका ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १७५२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २५ हजार ८०५ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५९४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा १०२४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु