१३ आश्विन २०८१, आइतबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३०० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ५४ हजार ६३० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६५४७ जना आइसोलेसनमा रहेकामध्ये ५८०६ संस्थागत आइसोलेसनमा र १०७४१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६०५ जना रहेका छन् ।

१४९० जना कोरोना संक्रमितमध्ये ९२५ जना पुरुषहरु र ५६५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३९८ जना पुरुषहरु र ३२५ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ५३१ जना, ललितपुर जिल्लाका १३४ जना र भक्तपुर जिल्लाका ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा १५६७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १८ हजार १६१ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !