५ जेष्ठ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २९ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९११ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ३७ हजार ७४७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १४४२३ जना आइसोलेसनमा रहेकामध्ये २६०९ संस्थागत आइसोलेसनमा र ११८१४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५३५ जना रहेका छन् ।

१४७४ जना कोरोना संक्रमितमध्ये ८७२ जना पुरुषहरु र ६२० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४८ जना पुरुषहरु र ३६१ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६१५ जना, ललितपुर जिल्लाका १२५ जना र भक्तपुर जिल्लाका ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा १९३१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १४ हजार ५२१ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !