१२ बैशाख २०८१, बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १९३१ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९३१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १४ हजार ५२१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९११ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ३७ हजार ७४७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १४४२३ जना आइसोलेसनमा रहेकामध्ये २६०९ संस्थागत आइसोलेसनमा र ११८१४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५३५ जना रहेका छन् ।

१४७४ जना कोरोना संक्रमितमध्ये ८७२ जना पुरुषहरु र ६२० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४८ जना पुरुषहरु र ३६१ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६१५ जना, ललितपुर जिल्लाका १२५ जना र भक्तपुर जिल्लाका ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु