१ मंसिर २०८१, शनिबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ८०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ६१५ जना, ललितपुर जिल्लामा १२५ जना र भक्तपुर जिल्लामा ६९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९११ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ३७ हजार ७४७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १४४२३ जना आइसोलेसनमा रहेकामध्ये २६०९ संस्थागत आइसोलेसनमा र ११८१४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५३५ जना रहेका छन् ।

१४७४ जना कोरोना संक्रमितमध्ये ८७२ जना पुरुषहरु र ६२० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४८ जना पुरुषहरु र ३६१ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा १९३१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १४ हजार ५२१ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५४८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !