१८ बैशाख २०८१, मंगलबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ४८५ जनासहित ६४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ४८५ जना, ललितपुर जिल्लाका १२४ जना र भक्तपुर जिल्लाका ३६ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३६८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख १९ हजार ८२८ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १८०८३ जना आइसोलेसनमा रहेकामध्ये ५५३७ संस्थागत आइसोलेसनमा र १२५४६ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६१८ जना रहेका छन् ।

१३८० जना कोरोना संक्रमितमध्ये ८३४ जना पुरुषहरु र ५४६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३६० जना पुरुषहरु र २८५ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १३८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५१५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ११ हजार १८६ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८२२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !