१३ बैशाख २०८१, बिहिबार

भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु


भरतपुर अस्पताल

चितवन । चितवनमा आज शुक्रबार एकैदिन थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत चितवनका १ जना र मकवानपुरका १ जना गरी २ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मृत्यु हुनेमा चितवन भरतपुर-१७ का ५७ वर्षीय पुरुषको आज शुक्रबार विहान ५ः१५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनियाको समस्या भएपछि उनको मंसिर ३ गते स्वाब संकलन गरी कोरोनाको पीसीआर परीक्षण गर्दा मंसिर ४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।

यस्तै सोही अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा-१० की ५७ वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । हिजो मात्रै कोरोना संक्रमण सहित अस्पताल भर्ना भएकी ती महिलाको आज शुक्रबार विहान ६ बजे मृत्यु भएको हो । ती महिलामा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !