काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४६० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख १० हजार ४६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७२३७ जना आइसोलेसनमा रहेकामध्ये ६२९३ संस्थागत आइसोलेसनमा र १०९४४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६०१ जना रहेका छन् ।
१७०३ जना कोरोना संक्रमितमध्ये १००७ जना पुरुषहरु र ६९६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४३ जना पुरुषहरु र ३७९ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ५९९ जना, ललितपुर जिल्लाका १६० जना र भक्तपुर जिल्लाका ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२३६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १० हजार ६७१ जना पुगेको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो, थप २३ जनाको मृत्यु