काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६२० जनासहित ७८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ६२० जना, ललितपुर जिल्लाका ११४ जना र भक्तपुर जिल्लाका ५१ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४९१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६७९३ जना आइसोलेसनमा रहेकामध्ये ६२१८ संस्थागत आइसोलेसनमा र १०५७५ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६८० जना रहेका छन् ।
१६१४ जना कोरोना संक्रमितमध्ये ९७४ जना पुरुषहरु र ६४० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४८ जना पुरुषहरु र ३३७ जना महिलाहरु रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा १४३७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्