४ बैशाख २०८१, मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १४३७ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४३७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४९१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६७९३ जना आइसोलेसनमा रहेकामध्ये ६२१८ संस्थागत आइसोलेसनमा र १०५७५ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६८० जना रहेका छन् ।

१६१४ जना कोरोना संक्रमितमध्ये ९७४ जना पुरुषहरु र ६४० जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४४८ जना पुरुषहरु र ३३७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६२० जना, ललितपुर जिल्लाका ११४ जना र भक्तपुर जिल्लाका ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप २७९१ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !