१२ असार २०८१, बुधबार

काठमाडौँ उपत्यकामा आज ८३५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६४२ जनासहित ८३५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ६४२ जना, ललितपुर जिल्लाका १०५ जना र भक्तपुर जिल्लाका ८८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा ७७ हजार ६४५, भक्तपुरमा ७ हजार ४४ र ललितपुरमा ११ हजार १६२ जना संक्रमित पुगेको छ ।

सक्रिय संक्रमितहरुमा काठमाडौंमा १५ हजार ९६७, ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा १ हजार ३०६ जना पुग्गेको छ । त्यस्तै कोरोनावाट निको हुनेहरुमा काठमाडौँमा ६१ हजार ३७९ जना, ललितपुरमा ८ हजार ७३२ र भक्तपुरमा ५ हजार ६६२ जना पुगेको छ ।

हालसम्म काठमाडौंमा २९९, भक्तपुरमा ७६ र ललितपुरमा ८४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  हिजो काठमाडौं उपत्यकामा १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७५३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख २ हजार ६०३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३६४५२ जना आइसोलेसनमा रहेकामध्ये ७७२० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १०५७ जना रहेका छन् ।

१९४६ जना कोरोना संक्रमितमध्ये ११३० जना पुरुषहरु र ८१६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४५६ जना पुरुषहरु र ३७९ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १९४६ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा ९१९ सहित उपत्यकामा आज १२०७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !