९ जेष्ठ २०८१, बुधबार

नेपालमा आज थपिए १९४६ जना नयाँ कोरोना संक्रमित


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १९४६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७५३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख २ हजार ६०३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३६४५२ जना आइसोलेसनमा रहेकामध्ये ७७२० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १०५७ जना रहेका छन् ।

१९४६ जना कोरोना संक्रमितमध्ये ११३० जना पुरुषहरु र ८१६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४५६ जना पुरुषहरु र ३७९ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६४२ जना, ललितपुर जिल्लाका १०५ जना र भक्तपुर जिल्लाका ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २५०३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २ लाख ६ हजार नाघ्यो, आज थपिए नयाँ २१११ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु