१ मंसिर २०८१, शनिबार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण


मेडिसिटी अस्पताल फाइल फोटो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । केहीदिन यता अस्वस्थ रहेका केसीको आज बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको समेत जानकारी प्राप्त भएको छ ।

पूर्वउपप्रधानमनत्री समेत भईसकेका केसी करिब १ महिनादेखि भैरहवामा भएको क्रममा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएकोमा त्यहाँ रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मंगलबार बुटवलबाट काठमाडौँ आएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा केसीले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !