१५ असार २०८१, शनिबार

काठमाडौँमा १०९१ सहित उपत्यकामा आज १३९८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक २० । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १०९१ जनासहित १३९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १०९१ जना, ललितपुर जिल्लाका १६० जना र भक्तपुर जिल्लाका १४७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा ६७ हजार ३ सय ५८, ललितपुरमा ९ हजार ५ सय ३ जना र भक्तपुरमा ६ हजार ८५ जना संक्रमित पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०६८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ७ हजार १९० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३६५१४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १२३२ जना रहेका छन् ।

३०५१ जना कोरोना संक्रमितमध्ये १८४२ जना पुरुषहरु र १२०९ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३९८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७९७ जना पुरुषहरु र ६०१ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३०५१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८५९७४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३४३० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४८४०८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा १५७० सहित उपत्यकामा आज १८७८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !