१४ पुस २०८१, आइतबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ३१ हजार नाघ्यो, थप २२६४ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक १५ । नेपालमा पछिल्लो २४ घण्टामा २२६४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३१२२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२७९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ४३ हजार ३४३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८५८४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २४१० जना रहेका छन् ।

२५०८ जना कोरोना संक्रमितमध्ये १५३२ जना पुरुषहरु र ९७६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७८८ जना पुरुषहरु र ५६९ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १११३ जना, ललितपुर जिल्लाका १९५ जना र भक्तपुर जिल्लाका ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २५०८ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७०७४३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना जित्नेको संख्या १ लाख २८ हजार नाघ्यो, थप ४०९६ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !