१२ आश्विन २०८१, शनिबार

काठमाडौँमा १११३ सहित उपत्यकामा आज १३५७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक १५ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १११३ जनासहित १३५७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १११३ जना, ललितपुर जिल्लाका १९५ जना र भक्तपुर जिल्लाका ४९ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२७९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ४३ हजार ३४३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८५८४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २४१० जना रहेका छन् ।

२५०८ जना कोरोना संक्रमितमध्ये १५३२ जना पुरुषहरु र ९७६ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७८८ जना पुरुषहरु र ५६९ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २५०८ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७०७४३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २२६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३१२२२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा १५०८ सहित उपत्यकामा आज १८८८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !