१२ असार २०८१, बुधबार

काठमाडौँमा १३३८ सहित उपत्यकामा आज १६१५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक १३ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १३३८ जनासहित १६१५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १३३८ जना, ललितपुर जिल्लाका १८० जना र भक्तपुर जिल्लाका ९७ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७६९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख १९ हजार ६४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८९५२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २६८९ जना रहेका छन् ।

२३६४ जना कोरोना संक्रमितमध्ये १३८० जना पुरुषहरु र ९८४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १६१५ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ९११ जना पुरुषहरु र ७०४ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २३६४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६४७१८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३०३८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२४८६२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा २२५ सहित उपत्यकामा आज २५२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !