३० कार्तिक २०८१, शुक्रबार

चितवनमा नवलपुरका कोरोना संक्रमित पुरुषको मृत्यु


चितवन मेडिकल कलेज

भरतपुर, ११ कात्तिक । चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको आज बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।

उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत बिरामी हुनुहुन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !