१४ बैशाख २०८१, शुक्रबार

चितवनका १०३ जनासहित थप १४६ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, कार्तिक ९ । चितवन जिल्लामा थप १४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १०३ जनासहित थप १४६ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको ल्यावमा कार्तिक ८ गते ३७९ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १४६ वटा नमुनाको नतिजा पोजेटिभ र २३३ वटा नमुनाको नतिजा नेगेटिभ रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएकाहरुमध्ये चितवनका १०३ जनाहरुमध्ये भरतपुर महानगरपालिकाका ८१ जना, रत्ननगर नगरपालिकाका ८ जना, खैरहनी नगरपालिकाका ६ जना, राप्ती नगरपालिकाका ३ जना, माडी नगरपालिकाका १ जना, कालिका नगरपालिकाका २ जना र ईच्छा मनकामनाका १ जना रहेका छन् ।

यस्तै नवलपुरको कावासोतीका १३ जना, गैडाकोटका ११ जना, मध्यबिन्दुका ३ जना, बिनायीका १ जना र देवचुलीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपरासीको बर्दघाटका १ जना, मकवानपुरको हेटौडा र मनहरीका १/१ जना, तनहुँको ब्यास र आबुखैरेनीका १/१ जना, लम्जुङको मध्यनेपाल र राइनासका १/१ जना, सप्तरीको राजविराजका १ जना, गोरखाको पालुङटार र गोरखा बजारका २/२ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

चितवनका १०३ जनासहित थप १४६ जनामा कोरोना संक्रमण पुष्टि चितवनका १०३ जनासहित थप १४६ जनामा कोरोना संक्रमण पुष्टि चितवनका १०३ जनासहित थप १४६ जनामा कोरोना संक्रमण पुष्टि

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !