११ बैशाख २०८१, मंगलबार

कैलालीका ४४ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना पुष्टि


धनगढी कैलाली

धनगढी, कार्तिक ८ । कैलाली जिल्लाका ४४ जनासहित सुदूरपश्चिम प्रदेशका थप ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ५:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १५ जना महिलाहरु र ३६ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७७३ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ४४ जना र कंचनपुरका ७ जनामा कोरोना संक्रमण देखिएको हो ।

धनगढीका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ११ जना महिला र २४ जना पुरुष रहेका छन् । उनीहरुको वडा भने खुलाइएको छैन् । यस्तै गोदावरी र गौरीगंगा नगरपालिकाका ३/३ जना, टीकापुर नगरपालिकाका २ जना, कैलारी गाउँपालिकाका १ जनामा पनि संक्रमण देखिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना र पुनर्वास नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

कैलालीका ४४ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !