३० कार्तिक २०८१, शुक्रबार

नेपालमा कोरोना जित्नेको संख्या ९६ हजार नाघ्यो, थप २१०८ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक ४ । नेपालमा पछिल्लो २४ घण्टामा २१०८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९६६०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३८६१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख १४ हजार १७९ पीसीआर परीक्षण गरिसकिएको छ ।

सक्रिय संक्रमितको संख्या ४१७७५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १३५५९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २८१९६ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४२२० जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १४३१ जना, ललितपुर जिल्लाका १२३ जना र भक्तपुर जिल्लाका १४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३०९३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३९१२९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ९४ हजार नाघ्यो, थप २३३५ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !