८ बैशाख २०८१, शनिबार

नविल बैंकका सीइओ अनिल शाहमा कोरोना संक्रमण पुष्टि


अनिल शाह

काठमाडौँ, कार्तिक २ । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल शाहलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुक मार्फत शाहले शनिबार गरिएको पिसिआर परिक्षणमा आफूमा पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

शाहले गत बुधबारदेखि आफुले गन्ध थाह नपाएपछि गरेको परिक्षण निगेटिभ आएपनि शनिबार फेरी दोस्रो पटक परिक्षण गर्दा पोजेटिभ देखिएको जानकारी दिएका छन् । शाहले आफुलाई गन्ध थाहा नपाउने बाहेको अन्य कुनै लक्षण नभएको बताएका छन् । उनले आफुलाई घरमै क्वारेन्टाइन गरेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !