७ जेष्ठ २०८१, सोमबार

बाँकेका २३ जनासहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, असोज २९ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २३ जनासहित थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले दिउसो ३:५० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा २१५ वटा नमूना परीक्षण गर्दा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २३ जना, बर्दिया ११ जना, सुर्खेतका २ जना, दैलेख, रुकुम पश्चिम, कैलाली, कालिकोट, काठमाडौँ, जाजरकोट, हुम्ला र सिन्धुलीका १/१ जना गरी ८ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ३४ जना पुरुषहरु र १० जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या ३०९३ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ४४२८८ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ४४२८८ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !