३ असार २०८१, सोमबार

गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नाघ्यो


कोरोना पुष्टि

पोखरा, असोज २७ । गण्डकी प्रदेशमा आज बिहान थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५००५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:३० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३४ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिकाका १८ जना, स्याङजा चापाकोटका १४ जना र लमजुङको सुन्दरबजार र मध्यनेपालका २ जना रहेका छन् ।

उपरोक्त तालिकामा खुलाईएको ३ वटा अस्पतालका संक्रमितहरु सोहि अस्पतालमा उपचार गर्न आएका हुन् भने अन्य व्यक्ति कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५००५ पुग्यो

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९७१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !