सुर्खेत, असोज २६ । कर्णाली प्रदेशमा आज साँझ १०५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४५२० जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज बेलुकी ५:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला, रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सल्यानका ४६ जना, सुर्खेतका ३४ जना, दैलेखका ८ जना, कालीकोटका ७ जना, जुम्ला र जाजरकोटका १/१ जना र अन्य प्रदेशका ८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई २७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३४५२ जना पुगेको छ भने ११ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ८७७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थपिए १३३ कोरोना संक्रमित, ५९ जना कोरोना संक्रमणमुक्त