१२ असार २०८१, बुधबार

गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९७१ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज २६ । गण्डकी प्रदेशमा आज दिउसो थप १२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४९७१ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १:३० बजे, १:४० बजे र १:४५ बजे तीन पटक प्रेस बिज्ञप्ति जारी गर्दै २३ जना, ४० जना र ६३ जना गरी १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज दिउसो १:३० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २३ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा तनहुँका १८ जना र कास्कीका ५ जना रहेका छन् ।

आज दिउसो १:४० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४० जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ८ जना लम्जुङका २ जना, कास्कीका २४ जना, स्याङजाका १ जना र नवलपरासी पूर्वका ५ जना रहेका छन् ।

आज दिउसो १:४५ बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६३ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी पूर्वका ५६ जना र बाग्लुङका ७ जना र रहेका छन् ।

उपरोक्त तालिकामा खुलाईएको विवरण बाहेक अन्य व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट र कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९७१ पुग्यो

गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९७१ पुग्यो

गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९७१ पुग्यो

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७५३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !