१५ असार २०८१, शनिबार

नेपालमा कोरोना जित्नेको संख्या ७५ हजार नाघ्यो, थप १५५२ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज २५ । नेपालमा पछिल्लो २४ घण्टामा १५५२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७५८०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज १४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ११४५ जना, ललितपुर जिल्लाका १६१ जना र भक्तपुर जिल्लाका ११० जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २०७१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०७७५५ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ७४ हजार नाघ्यो, थप १२२९ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !