नेपालगञ्ज, असोज २५ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १७ जनासहित थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज २:४५ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा १९० वटा नमूना परीक्षण गर्दा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका १७ जना र बर्दिया १६ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा १८ जना पुरुषहरु र १५ जना महिला रहेका छन् ।
भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या २८८१ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ४३०८५ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ४३०८५ वटा रहेको छ ।