५ आश्विन २०८१, शनिबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

काठमाडौँ, असोज १६ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७२२ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४४५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७३९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १० लाख ४८ हजार ६८६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २१२३४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९४७४ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ११७६० जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४८८५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज एकैदिन १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२८० जना, ललितपुर जिल्लाका १६२ जना र भक्तपुर जिल्लाका १९६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३३०७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६०६९६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को उदयपुरमा २, खोटाङमा १, झापामा २३, ताप्लेजुङमा १, तेह्रथुममा २, मोरङमा १५०, संखुवासभामा १ र सुनसरीमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ५, पर्सामा २४, बारामा १४, महोत्तरीमा ६, रौतहटमा ४, सप्तरीमा १५, सर्लाहीमा ६ र सिरहामा २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १२८० जना, काभ्रेपलान्चोकमा २३, चितवनमा ८३, दोलखामा २, धादिङमा २३, नुवाकोटमा ११, भक्तपुरमा १९६, मकवानपुरमा ५५, रामेछापमा ३, ललितपुरमा १६२, सिन्धुलीमा १३ र सिन्धुपाल्चोकमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा १३, गोरखामा ४, तनहुँमा ७, नवलपरासी पूर्वमा १६, पर्वतमा १, म्याग्दीमा ३, लमजुङमा १४, बाग्लुङमा १२ र स्याङजामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५

प्रदेश ५ को अर्घाखाँचीमा १०, कपिलवस्तुमा ७, गुल्मीमा २६, दाङमा २८, नलवपरासीमा २३, पाल्पामा ११, प्युठानमा ११, बर्दियामा २, बाँकेमा ७०, रोल्पामा २ र रुपन्देहीमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा ३, जुम्लामा ६, दैलेखमा १० र सुर्खेतमा १२२ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा ७, कैलालीमा १३, डोटीमा ८, दार्चुलामा १५, बझाङमा ५, बाजुरामा १ र बैतडीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण  प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !