८ मंसिर २०८१, शनिबार

काठमाडौँमा १२८० सहित उपत्यकामा आज एकैदिन १६३८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, असोज १६ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १२८० जनासहित १६३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२८० जना, ललितपुर जिल्लाका १६२ जना र भक्तपुर जिल्लाका १९६ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७३९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १० लाख ४८ हजार ६८६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २१२३४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९४७४ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ११७६० जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४८८५ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २७२२ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४४५० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३३०७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६०६९६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा ८१७ सहित उपत्यकामा आज ९४३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !