७ मंसिर २०८१, शुक्रबार

अर्घाखाँचीका प्रजिअ र सहायक प्रजिअलाई कोरोना संक्रमण पुष्टि


जिल्ला प्रशाशन कार्यालय अर्घाखाँची

अर्घाखाँची, असोज १६ । जिल्ला प्रशाशन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रजिअ पौडेलले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । ज्वरो, रूघाखोकी लागेपछि प्रजिअ पौडेलको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

सहायक प्रजिअ थापामा भने कोरोनाका लक्षण नदेखिएतापनि कोरोना परीक्षण गर्न रिपोर्ट पोजेटिभ आएको हो । उनीहरू शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क नगरपालिका भुजुंगे क्षेत्रमा पहिरो पीडितलाई राहत वितरण गरेर फर्केका थिए ।

बिहीबार कोरोना पोजेटिभ देखिएपछि प्रजिअ र सहायक प्रजिअ होम आइसोलेसनमा बसेका छन् । जिल्ला प्रशासन कार्यालयले काम भने नरोकेकी अर्का सहायक प्रजिअ विनोद खनाल लगायत कर्मचारीहरूले सेवाग्राहीका काम गरिरहेका छन् ।

अर्घाखाँचीका प्रजिअ र सहायक प्रजिअलाई कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !