७ मंसिर २०८१, शुक्रबार

कर्णाली प्रदेशमा एकैदिन थपिए १०५ कोरोना संक्रमित, १०३ जना कोरोना संक्रमणमुक्त


कर्णाली प्रदेश

सुर्खेत, असोज १५ । कर्णाली प्रदेशमा आज दिउसो १०५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३६५६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ३८ जना, जुम्लाका २१ जना, कालीकोटका १३ जना, दैलेखका १० जना, सल्यानका ७ जना, मुगुका २ जना र अन्य प्रदेशका १४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १०३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३०४२ जना पुगेको छ भने ७ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । थप १ जना डाक्टरको कोरोना संक्रमणवाट मृत्यु भएकोले गर्दा मृतकको संख्या ८ जना पुगेको छ । कर्णाली प्रदेशमा हाल ४९२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा एकैदिन थपिए १०५ कोरोना संक्रमित, १०३ जना कोरोना संक्रमणमुक्त

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थपिए ५७ कोरोना संक्रमित, ३४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !