२० बैशाख २०८१, बिहिबार

कैलालीका २० सहित सुदूरपश्चिममा थप २८ जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, असोज १३ । कैलाली जिल्लाका २० जनासहित सुदूरपश्चिम प्रदेशका थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ४:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २८ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ३ जना महिलाहरु र २३ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २६१ जनाको कोरोना परीक्षण गर्दा कैलालीका २० जना, कंचनपुरका ५ जना, डोटीका १ जना र ठेगाना नखुलेका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका मात्र १३ जनामा वडा नम्वर ३ का ८ जना, वडा नम्वर ५ का २ जना, वडा नम्वर २, ८ र वडा नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कैलालीकै लम्कीचुहा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना, जानकी र मोहन्याल गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै कञ्चनपुरको पुनर्वास नगरपालिकाका २ जना, बेलौरी, कृष्ण, शुक्लाफाँटा नगरपालिका र डोटीको केआईसिंह गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ठेगाना नखुलेका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !