११ मंसिर २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८१३ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज १३ । गण्डकी प्रदेशमा आज बिहान थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८१३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:३० बजे प्रेस बिज्ञप्ति जारी गर्दै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिकाका थप १४ जना र नवलपरासी सुस्ता पूर्व बिनयत्रिवेणीका ४ जना रहेका छन् ।

सबैजना कोरोना संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८१३ पुग्यो

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७९५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !