११ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७९५ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज १२ । गण्डकी प्रदेशमा आज दिउसो थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७९५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:१५ बजे प्रेस बिज्ञप्ति जारी गर्दै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार चितवन मेडिकल कलेज, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगरपालिकाका थप १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी सुस्ता पूर्वका ७ जना, गोरखाका १ जना, लमजुङका १ जना, तनहुँका ८ जना र स्याङजाका १ जना रहेका छन् ।

चितवन मेडिकल कलेजमा परिक्षण गराउनु भएका सबैजना सोहि अस्पतालको आईसोलेसनमा बसेका छन् भने स्याङ्जा जिल्लाका १ जना संक्रमित पोखराको मणिपाल अस्पतालमा उपचाररत रहेका छन् ।

अन्य जिल्लाका सबै व्यक्तिहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७९५ पुग्यो, थप १८ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७४४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !