काठमाडौँ, असोज १० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १२०७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१८२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १००१९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ७८ हजार २०४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १८३४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ७८३३ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १०५०८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६३३१ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा आज ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५८३ जना, ललितपुर जिल्लाका ७८ जना र भक्तपुर जिल्लाका ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ११४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५३०१३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको पुष्टि भएको छ ।
प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण
प्रदेश १
प्रदेश १ को उदयपुरमा १ जना, झापामा ७ जना, मोरङमा ७८ जना, सुनसरीमा २३ जना र सोलुखुम्बुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश २
प्रदेश २ को धुनषामा ४ जना, पर्सामा २४ जना, बारामा ४ जना, महोत्तरीमा १ जना, रौतहटमा ६ जना, सप्तरीमा ११ जना, सर्लाहीमा ४ जना र सिरहामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
बागमती प्रदेश
बागमती प्रदेशको काठमाडौंमा ५८३ जना, काभ्रेपलान्चोकमा १७ जना, चितवनमा १२ जना, दोलखामा १ जना, धादिङमा ७ जना, नुवाकोटमा २ जना, भक्तपुरमा ६३ जना, मकवानपुरमा १७ जना, रामेछापमा ७ जना, ललितपुरमा ७८ जना, सिन्धुपाल्चोकमा ४ जना र सिन्धुलीमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको कास्कीमा १० जना, गोरखामा ३ जना, तनहुँमा ४ जना, नवलपरासी पूर्वमा १ जना, लमजुङमा १ जना, बाग्लुङमा १ जना र स्याङजामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश ५
प्रदेश ५ को अर्घाखाँचीमा २ जना, कपिलवस्तुमा ३ जना, गुल्मीमा ५ जना, दाङमा २८ जना, नलवपरासीमा १० जना, पाल्पामा ३ जना, प्युठानमा ५ जना, बर्दियामा ७ जना, बाँकेमा ३० जना, रुपन्देहीमा ७३ जना र रोल्पामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशको सल्यानमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको अछाममा १३ जना, कञ्चनपुरमा १ जना, डोटीमा १५ जना, दार्चुलामा ५ जना, बझाङमा २ जना र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?