५ आश्विन २०८१, शनिबार

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना संक्रमणमुक्त


डा. शशांक कोइराला

काठमाडौँ, असोज ८ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन् । बिहीबार बिहान स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

उनले आफू कोरोनामुक्त भएको जानकारी दिँदै चिकित्सकको सल्लाह अनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने र त्यसपछि पार्टीको नियमित काममा फर्किने बताएका छन् ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ओम अस्पताल भर्ना भएका थिए । कोइरालालाई नरम खालको निमोनिया र ज्वरो देखिएको अस्पतालले जनाएको थियो ।

उनी असोज ३ गते अस्पताबाट डिस्चार्ज भई चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा बसेका थिए । तर उनका स्वकीय सचिवमा भने अझै कोरोना संक्रमण नै देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु