२९ कार्तिक २०८१, बिहीबार

बाँकेका ८ जनासहित थप १० जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, असोज ११ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ८ जनासहित थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:१० एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ३० वटा नमूना परीक्षण गर्दा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ८ जना र बर्दियाका २ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ७ जना पुरुषहरु र ३ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या २३८३ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ४०६०५ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ४०६०५ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

बर्दियाका २२ जनासहित थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !