८ मंसिर २०८१, शनिबार

कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि, ६३ जना भए डिस्चार्ज


कर्णाली प्रदेश

सुर्खेत, असोज १३ । कर्णाली प्रदेशमा आज दिउसो ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३४९४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ३४ जना, कालिकोटका ४ जना, दैलेखका ३ जना, जुम्ला र हुम्लाका २/२ जना, डोल्पा र जाजरकोटका १/१ जना र अन्य प्रदेशका ४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ६३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९०५ जना पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ४५६ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा संक्रमितको संख्या ३४९४ पुग्यो, थप ५२ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !