धनगढी, असोज ८ । कैलाली जिल्लामा एकैदिन २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह १:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।
सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ८ जना महिलाहरु र १६ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३४९ जनाको कोरोना परीक्षण गर्दा कैलालीका २४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो पनि पढ्नुहोस्