५ आश्विन २०८१, शनिबार

काठमाडौँमा ४९२ जनासहित उपत्यकामा आज ६३७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, असोज ७ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ४९२ जनासहित ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ४९२ जना, ललितपुर जिल्लाका ५० जना र भक्तपुर जिल्लाका ९५ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९४९७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ४४ हजार ४७४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७४१४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८२२८ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ९१८६ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७१०४ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ११७२ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७८०४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १८९३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४९९५४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा ५११ जनासहित उपत्यकामा आज ६४७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !