६ बैशाख २०८१, बिहिबार

काठमाडौँमा ५११ जनासहित उपत्यकामा आज ६४७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, असोज ६। काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ५११ जनासहित ६४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५३८ जना, ललितपुर जिल्लाका ६२ जना र भक्तपुर जिल्लाका ७४ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १११५४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ३४ हजार ९७७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १८१४२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९१९३ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ८९४९ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७१७१ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १३५६ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६६३२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ८२३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४८०६१ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा ५३८ जनासहित उपत्यकामा आज ६७४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !